सुन तस्करी प्रकरणमा फेरि यसरी हुँदैछ पूर्वसभामुख महराविरुद्ध अनुसन्धान

काठमाण्डु - विद्युतीय चुरोट (भेप)मा लुकाएर तीन वर्षअघि सुन तस्करी गराएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दाको फाइल फेरि खुलेको छ । सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरामाथि अनुसन्धान सुरु गरेको हो । प्रकरणमा उनलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले उन्मुक्ति दिएको थियो । तर, चिनियाँ संगठित गिरोहसँग मिलेर तस्करी गरेको…