काठमाण्डु - दसैँ सकिएसँगै पछिल्ला दिनमा काठमाण्डु उपत्यका भित्रिने सवारीसाधन र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ। दसैँ मनाउन आआफ्ना गाउँघर गएका नागरिक अहिले पुनः काठमाडौं उपत्यका फर्किन थालेपछि यहाँका प्रमुख नाका र सडकमा यात्रु तथा सवारीसाधनको सङ्ख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दसैँको भोलिपाल्ट अर्थात् असोज १७ गतेदेखि बुधबार साँझसम्म…