काठमाण्डु – दक्षिण एसियाली फूटबल महासंघ (साफ) महिला च्याम्पियनशिप २०२४ अन्तर्गत सोमबार भएको खेलमा नेपालले माल्दिभ्सविरुद्ध ११ गोल प्रहार गर्दै जीत निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल र प्रिती राईले ह्याट्रिक गरेका छन् । यसअघि २०१६ मा नेपालले ९–० ले हराएको थियो । सन् २०१० मा नेपालले अफगानिस्तानविरुद्ध १३–० ले जीत…