शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री अ‍ोलीबीच शीतल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो समय सरकारले गरेका काम कारबाही र राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दियो ।