काठमाण्डु – प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँगको साझेदारीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धन सरकारको प्रधानमन्त्री भएको १०० दिन (हनिमुन पिरियड) पूरा नहुँदै कांग्रेसकै नेता डा. शेखर कोइरालाले विरोध सुरु गरेका छन् । डा. कोइराला कांग्रेसभित्र सभापति शेरबहादुर देउवा विरोधी समूह (इतर समूह)को नेतृत्व गर्छन् । १४ औँ महाधिवेशनमा देउवासँग निकटतम प्रतिद्वन्द्वी…