आजदेखि भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाण्डु-देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । आज दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आजदेखि आउँदो आइतवारसम्म ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । महाशाखाले विशेष बुलेटिन निकालेर आइतवार बिहानसम्म सातवटै प्रदेशमा आरीघोप्टे पानी पर्ने चेतावनी दिएको हो ।…