पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

काठमाण्डु-सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय…