गण्डकीमा सरकार परिवर्तनको खेल, मुख्यमन्त्रीको दौडमा दीपक मनाङे

काठमाण्डु – सांसद दीपक मनाङे गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा लागेका छन् । गण्डकी प्रदेशसभामा मनाङबाट प्रतिनिधित्व गर्ने मनाङे मुख्यमन्त्री बन्ने दौडमा लागेका हुन् । उनले मुख्यमन्त्री बन्नका लागि जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग छलफल गरिसकेका छन् । सांसद मनाङेले सरकार चलाउन आफूसँग भिजन भएको बताउँदै हालका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग सहयोग माग्ने बताए ।…