काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भएका छन् । प्रधानमन्त्री कार्कीलाई भेट्न उनी केहीबेरमा बालुवाटार जाने भएका छन् । सभापति लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको जनाइएको छ । सभापति लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएर शनिबार काठमाण्डु पुगेका थिए । उनलाई आईतबार…