माधव नेपाल पक्षले भन्योः स्पष्टिकरणको जवाफ दिँदैनौं

काठमाण्डु – वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले नेकपा एमालेले सोधेको स्पष्टिकरण नदिने तयारी गरेका छन् । एमाले नेता योगेश भट्टराईले स्पष्टिकरण सोध्नेहरु नै प्रश्नको घेरामा रहेको भन्दै जवाफ नदिने संकेत गरेका छन् । उनले भने, ‘सोध्नेहरु स्वयं लाखौं प्रश्नको घेरामा छन् ।’ अर्का नेता भीम रावलले कारबाही गर्ने कुरा हाँस्यास्पद रहेको बताएका छन् ।…