महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो छः डा सङ्ग्रौला

मार्तडी – नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो रहेको बताएकी छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताइन् । उनले सुदूरपश्चिमका नौ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको…