फैसला जनताको पक्षमा आयो, अब पार्टी मिलाउँछुः वामदेव गौतम

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई मिलाएर लैजाने बताएका छन् । मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि उपाध्यक्ष गौतमले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने बताए । सर्वोच्चको निर्णयलाई स्वागत गर्दै उनले फैसला नेपाली जनताको भावना र संविधानको पक्षमा बताएका छन् । नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतमले पार्टीलाई…