अदालतले तोकेको समयमा संसद बैठक बोलाउने सरकारको निर्णय

काठमाण्डु – केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतले तोकेको समयमा संसद बैठक बोलाउने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको निर्णय स्वीकार गर्दै तोकिएको समयमा संसद बैठक राख्न सरकार तयार रहेको जानकारी दिए । मंगलबार सर्वोच्चले फैसला भएको…