केन्द्रीय समिति बैठकपछि माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष एमाले नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । आइतबार केन्द्रीय समितिको बैठकपछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन् । अध्यक्ष प्रचण्ड र नेपालबीच पार्टीभित्रका समस्या र सत्ता समिकरणबारे महत्वपूर्ण छलफल हुने बुझिएको छ । माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल जारी राखेको छ…