काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । खड्काको आज बिहान काठमाण्डुको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले डा खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।…