देउखुरी – दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आईतबार अट्वारी पर्व धुमधामका साथ मनाउने तयारी गरेका छन् । भाद्र शुक्ल पक्षको पहिलो आईतबार अर्थात् श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आईतबारलाई अट्वारी पर्वका रूपमा मनाउने चलन छ । हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ । महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक कुलवीर चौधरीले द्वापरयुगमा…