गण्डकी प्रदेशसभा बैठक भदौ २६ गते बस्ने

पोखरा – गण्डकी प्रदेशसभा बैठक भदौ २६ गते बोलाइएको छ । सरकार परिवर्तनको चक्करमा २ महिनासम्म बैठक बस्न सकेको थिएन । यसअघिको बैठक असार १८ गते बसेको थियो । सरकारको सिफारिसमा भदौ २६ गते बैठक आह्वान भएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।