काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । फागुन २३ गते बस्ने पुनर्स्थापित प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न देउवाले बुढानिलकण्ठमा दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद् र संसदीय दलमा के एजेण्डा लिएर जाने भन्ने…