काठमाण्डु–सिरहाका २२ वर्षीय युवकको मलेशियामा हत्या भएको छ । बिष्णुपुर गाउँपालिका २ राजपुर घर भएका रुपेश यादवको आफ्नै साथिले हत्या गरेका हुन् । मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको बताइएको छ । वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने गुरुङले हत्या…