काठमाण्डु – सरकारले संवैधानिक आयोगहरूमा गरेका नियुक्ति असंवैधनिक भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले नियुक्ति भएका सबैलाई विपक्षी बनाएर मुद्दा दायरको रिटमाथिको सुनुवाई आज हुँदैछ । शुक्रबार दायर रिटको पेसीमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको छ । १९ पृष्ठ लामो निवेदनमा निवेदकले नियुक्ति तथा सिफारिसविरुद्ध उत्प्रेषण, परमादेश, उपयुक्त आदेश जारी गर्न…