काठमाण्डु – जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक संसद विघटनविरुद्ध आगामी फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गरिने स्पष्ट पारेका छन् । त्यसको लागि दलहरु आन्तरिक छलफलकै क्रममा रहेको उनको भनाई छ । आज राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै नेता कर्णले जनताले आफ्नो सार्वभौमसत्ताको प्रयोग…