काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरुको महान पर्व ‘क्रिसमस डे’ को शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् । क्रिसमस, विश्व भरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको…