काठमाण्डु – मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ कोवाङमाथि हिमपहिरो खसेको छ । हिमपहिरो खसेसँगै छिप्लुङ खोला थुनिएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए । उनका अनुसार धौलागिरीबाट हिमपहिरो खसेको र छिप्लुङ खोलाको ७०–८० प्रतिशत पानी रोकिएको छ । पहिरो र जोखिममा रहेका ९ घरलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।