काठमाण्डु – प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकले विधेयकलाई पारित गरेको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भनी राखेर प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको…