साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

काठमाण्डु-साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगितामा दुवै टोलीले आज दोस्रो खेल खेल्दै छन् । आजको खेलबाट यो समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । यो समूहको श्रीलङ्का पहिलो खेलमा नेपालसँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित हुँदै बाहिरिइसकेको छ…