काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य पार्टीसँग एकता गर्ने ‘कार्ड’ फाल्दै पार्टीभित्र आफूसँग असन्तुष्टि राख्नेलाई पेलिरहेका छन् । पार्टीको स्थायी समिति बैठकमा फरक मत राखेका उपमहासचिव जनार्दन शर्मासहितका नेतालाई पार्टी एकता गर्ने नाममा भित्तैमा पुग्नेगरी पेल्ने रणनीतिमा प्रचण्ड रहेको उनको व्यवहारले देखाएको माओवादी निकट स्रोतले जानकारी दियो । अहिले…