प्रदेश १ः भीम आचार्यलाई मुख्यमन्त्री बनाउन शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बिराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज (आइतबार) अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा ३७ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित आइतबार (आज) फस्टआवरमै प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रूपमा नेकपाका स्थायी कमिटी सदस्य भीम आचार्यको नाम राखिएको छ ।…