तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री साह

काठमाण्डु – नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् । आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु रहेको भन्दै तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने बताए । ‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु हो, मन्त्रालयको काम पनि निर्वाचन केन्द्रीत गरेर गर्छौ ।…