काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा अदालतमा विचाराधीन मुद्धाका विषयमा बोल्न नमिल्ने बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रसले अदालतको निर्णयलाई मान्ने भएकाले कसैलाई धम्क्याउने वा तर्साउने काम नगर्ने बताएका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक निर्णयविरुद्ध एकजुट भएर आन्दोलन गर्ने बताएका छन् ।…