काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले एक पटक विवादमा परेर खारेज भइसकेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार पुनः जारी गरेका छन् । लामो समयदेखि नबसेको संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री ओलीले गत आइतबारका लागि बोलाएका थिए । सभामुख अग्नि प्रसाद सापकोटा बैठकमा उपस्थित नभएपछि स्थगन गरेर मंगलबारका लागि बैठक तय गरिएको थियो । मंगलबार बिहान ९ बजे बोलाइएको…