सरकारले अध्यादेश ल्याएपछि देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाण्डु – सरकारले कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । सरकारले संवैधानिक परिषद अध्यादेश जारी गरेपछि सोबारे छलफल गर्न देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । बुधबार दिउँसो बस्ने बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी हुनेछन् ।