जम्बो मन्त्रिपरिषद् बनाएपछि जनमतले सोध्यो मधेशका मुख्यमन्त्रीलाई स्पष्टीकरण

काठमाण्डु-मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले ठूलो आकारको मन्त्रिपरिषद् बनाएपछि जनमत पार्टीले स्पष्टीकरण सोधेको छ । पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँट गरेको र मन्त्रिपरिषदको संख्या पनि ठूलो बनाएको भन्दै जनमतले मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण सोधेको हो । सरकारमा जनमतबाट मुख्यमन्त्रीसहित ५, कांग्रेस ६, एमाले ७ र लोसपाबाट २ मन्त्री छन् । मन्त्रिपरिषद् सदस्यको संख्या ठूलाे भएपछि…