लुम्बिनीका मन्त्री बादशाह कुर्मीविरुद्ध प्रदर्शन

काठमाडौं-बाँके नेपालञ्जकी निर्मला कुर्मीको हत्यासम्बन्धी प्रकरणका पीडितले पुनः आन्दोलन थालेका छन् । सो हत्या प्रकरणमा आरोपित बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्री बनाइएपछि पीडितका आफन्त र अधिकारकर्मीहरूले आन्दोलन थालेका हुन् । कुर्मीविरुद्ध अदालतमा मुद्दा पठाउन सरकारले सहमति गरे पनि मुख्य अभियुक्त कुर्मीलाई नै प्रदेश मन्त्री बनाउँदै सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै पीडितहरू थप आक्रोशित छन् ।…