जङ्गली रातो च्याउको माग सहरदेखि विदेशसम्म, प्रतिकिलो २ देखि ५ हजारसम्म बिक्रि

म्याग्दी– मालिका गाउँपालिका–५ देवीस्थानका रेशम बूढामगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्नमा व्यस्त छन् । बर्खायाम सुरु भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी देविकला घर्तीको परिवारका सदस्यहरु च्याउ खोज्न जङ्गलमै दिन बिताउने गर्छन् । ओसिलो जङ्गलका पुराना रुख र ठुटामा पाइने रातो च्याउ खोज्न रेशम र देवीकला मात्रै होइनन्, साउन दोस्रो सातादेखि पश्चिम म्याग्दीका रुम, दिच्याम, मुना,…