काठमाण्डु – बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस भोलि बिहीबार स्वदेश फर्किने भएका छन् । बंगलादेशमा माइक्रो फाइनान्सका संस्थापक मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्तावपछि उनी बिहीबार ढाका फर्किने कार्यक्रम रहेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बिहीबार दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने उनको…