सुवर्ण ज्वारचनद्वारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण

काठमाण्डु – सुवर्ण ज्वारचनले प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेकी छन् । आइतबार दिउँसो सिंहदरबारस्थित संसद सचिवालय कृषि समितिको सभाहलमा ज्वारचनलाई सांसदको सपथ गराइएको हो । सभामुख अग्निप्रसाद सापकोटाले ज्वारचनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । प्रतिनिनिधसभा सभानुपातिकतर्फकी सांसद बागलुङकी ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि कांग्रेसले रिक्त स्थानमा ज्वारचनलाई सांसद बनाएको हो ।…