अध्यक्ष प्रचण्डलाई झुक्याएर शीतल निवास लगेको होइनः प्रवक्ता श्रेष्ठ

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्याएर शीतल निवास नलगिएको बताएका छन् । मंगलबार बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्डलाई राष्ट्रपति निवासमा झुक्याएर लगेको भन्ने कुरामा सत्यता नभएको बताएका हुन् । ‘उहाँ झुक्याएर लैजाने खालको अध्यक्ष हुनुहुन्न,’ प्रवक्ता श्रेष्ठले भने, ‘सत्य के हो…