तेस्रो कार्यकाल सफल भएको प्रचण्डको निष्कर्ष

काठमाण्डु - निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो साढे १८ महिने कार्यकाल सफल भएको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको…