काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले २८ असारमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद् सचिवालयमा पत्राचार गरेका छन् । कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको बेलामा दाहालले २८ असारमा विश्वासको मत लिन संसद् सचिवालयमा पत्राचार गरेका हुन् । प्रधानमन्त्री दाहालले असार २८…