पिसिआर परीक्षणको दायरा बढाउन र गुणस्तरीय खाना खुवाउन स्वास्थ्य मन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गएको कांग्रेस प्रतिनिधि मण्डलको टोलीले मंगलबार बिहान मन्त्रालयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि गर्न र क्वारेन्टाइनमा…