काठमाडौं – रक्षा मन्त्रालयले स्वास्थ्य सामाग्री खरिदमा नेपाली सेनालाई मन्त्रालयको भरपूर सहयोग भएको स्पष्ट पारेको छ । एक पत्रिकामा ‘चीनको आर्थिक सहायताबाट स्वास्थ्य सामग्री ल्याउने सेनाको प्रयासमा रक्षा मन्त्रालयकै असहयोग’ शीर्षकमा प्रकाशित समाचार तथ्यहीन र भ्रामक रहेको र उक्त समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता सन्तबहादुर सुनारले एक विज्ञिप्ति…