बैतडी – बैतडीको डिलासैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरी पद रिक्त रहेको बताएपनि धामीले अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको छ । निर्वाचन आयोगको गत चैत ६ गतेको निर्णयले धामीलाई पदमुक्त गरेको भए पनि धामीले अहिले पनि अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको हो । आयोगको निर्णयका बारेमा गाउँपालिकालाई कुनै जानकारी प्राप्त…