सशस्त्र प्रहरी हत्या अभियोगमा जन्मकैद सुनाइएका पूर्वप्रदेश सांसद यादव पक्राउ

जनकपुरधाम – सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट प्रहरीले पक्राउ गरेको हो । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले यादवलाई जिल्ला अदालत महोत्तरीमा हाजिर गराइएको जानकारी दिए । अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध यादव…