पोखरा – गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त भएका छन् । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै मन्त्रालयको जिम्मेबारी दिएका हुन् । देवकोटाले सपथ पनि लिइसकेका छन् । गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका…