असार १३ देखि स्थानीय सरकारहरूले फेरि आन्दोलन गर्ने

काठमाण्डु-संघीय सरकारले दिनु पर्ने समानीकरणको रकम नपाएपछि स्थानीय सरकारहरू फेरि आन्दोलन गर्ने भएका छन् । असार १० गतेसम्म पनि संघीय सरकारले समानीकरणको बाँकी रकम उपलब्ध नगराए आन्दोलन गर्ने तयारी भएको गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले चेतावनी दिइन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्ताबापत पाउनु पर्ने २५ वित्तीय समानीकरण अनुदान संघीय सरकारले नदिएपछि…