काठमाण्डु- मेडिकल व्यवसायी दुर्गा प्रसाईको वी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्रमा सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार सार्वजनिक भएको सर्वोच्चको फैसलाको पूर्णपाठमा निरीक्षण टोलीले औंल्याएका मापदण्ड अनुसारको जनशक्ति (फ्याकल्टी) को व्यवस्थापन र तोकिएका कार्यहरु पुरा गर्न लगाई १५ दिन भित्रमा यस वर्षको शैक्षिक शत्र सुरु…