वासुदेव पौडेल र हरि बाँस्तोला पोखरा – उमेरले ९० वर्ष पुगेका पोखराका प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको स्मरणमा २००७ सालको प्रजातन्त्र प्राप्तिपूर्वको आन्दोलनका हरेक गतिविधि अझै ताजै छन् । विसं २००६ मा २० वर्षे जोशिलो उमेरमा राणाशासनविरुद्धका गतिविधिलाई प्रत्यक्षरूपमा जान्ने, बुझ्ने र भोग्ने अवसर पाएका उनले २००७ सालको प्रजातन्त्रको स्थापना हुँदै २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनदेखि…