दुईवर्षमा सरकार हस्तक्षेपकारी भयोः कांग्रेस (भिडियोसहित)

काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तारुढ नेकपाले घोषणापत्रमा उल्लेख गरेका कुराहरु नै बिर्सिएको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको दुईवर्षको भिडियो समीक्षा गर्दै यस्तो बताएका छन् । उनले जारी गरेको भिडियोमा दुईवर्षमा सरकार कामचलाउ भएको, हस्तक्षेपकारी, अलमलको भएको टिप्पणी गरिएको छ । उनले सरकार अधिनायकवाद उन्मुख भएको उल्लेख गरेका छन् ।…