सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं – प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयका अनुसार अहिले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समयावधि तोकिएको छ । आज मनोनयन दर्ता गरिएपछि आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिने संसद् सचिवालयले जानकारी दिएको छ । त्यसपछि सभामुख चयनका लागि यही माघ १२ गते…