काठमाण्डु - जेन जी पुस्ताको आन्दोलनले बागमती प्रदेश सभा सचिवालयलाई नै कार्यविहीन बनाइदिएको छ । भदौ २४ गते भएको प्रदर्शन र झडपका क्रममा प्रदेश सभाको नयाँ तथा पुरानो दुवै भवनमा तोडफोड र आगजनी हुँदा सम्पूर्ण संरचना जलेर नष्ट भएको छ । हाल प्रदेश सभा सचिवालयका कर्मचारीहरूले भवन नभएकै कारण क्यान्टिनबाट सेवा प्रवाह गरिरहेका छन् ।…